२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चको परमादेश पुनरावलोकनका लागि शहरी विकास मन्त्रीलाई एमालेको ९ बुँदे पत्र

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ‘नागरिकका लागि नगर’ भन्ने मूल भावनालाई समेट्ने गरी नागरिकलाई विस्थापन नगर्ने गरी मापदण्ड निर्धारण गरी पुनरावलोकनका लागि कानूनी प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ।

एमालेका शहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङको नेतृत्वमा उपप्रधानमन्त्री सिंहलाई भेटेर शहरी विकासका लागि आवश्यक अन्य कानूनी विषयमा ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

आफूहरूले उठाएका विषयलाई उपप्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको बताउँदै आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्ने बताएका नेता तामाङले बताए। उनले एमालेले उठाएका विषय आगामी दिनमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौं उपत्यकाभित्रका नदी सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोबास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका लाखौँ परिवारहरू प्रभावित हुने कतिपय धार्मिक सांस्कृतिक सामाजिक संरचनाहरू समेत हटाउनुपर्ने जटिल स्थिति देखा परेको पत्रमा उल्लेख छ।

भनिएको छ, ‘मुआब्जा दिएर ती संरचना खाली गराउन पनि वर्तमान अवस्थामा सम्भव देखिँदैन । सर्वोच्च अदालतको उक्त परमादेशको दूरगामी र जटिल असरलाई ध्यानमा राख्दै पुनरावलोकनका लागि आवश्यक कानुनी प्रबन्ध गर्नुपर्ने भएकाले।’