१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढी सक्यो : कार्यकारी निर्देशक भट्ट

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् ।

पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बने पनि विविध कारण विलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए ।

इथानोल उत्पादन र प्रयोगका सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउनुपर्नेमा उद्योग विभागले त्यससम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए ।

‘अब केही समयमै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइन्स होइन,’ उनले भने, ‘इथानोल प्रयोगले दैनिक ४ लाख किलोमिटर इन्धन खपत घटाउन सहयोग पुग्छ ।’

इथानोल उत्पादनमा धेरै उद्योग तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भनाइ छ । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए ।

सन् २०२० मा नै पेट्रोलियम पदार्थ खपत हराएर जाने भनिए पनि अझै ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो थप अगाडि जाने र पेट्रोलियम पदार्थ खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने बताए ।

अझ नेपाल जस्तो पेट्रोलियम पदार्थ उत्पादन नहुने देशले त इथानोल उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘राज्यले नीति बनाइसकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस