वीरगंजको  तीन वटा गोदाममा छापा, करिब २० लाख रुपैयाँ बराबरको सामानसहित एकजना पक्राउ  « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वीरगंजको  तीन वटा गोदाममा छापा, करिब २० लाख रुपैयाँ बराबरको सामानसहित एकजना पक्राउ 


२३ भाद्र २०८१, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंजस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

वीरगंज महानगरपालिका-१६ स्थित नगवा ईलाकाबाट भाद्र २२ गते ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको छ ।

भारतबाट अवैध रूपले ल्याई सो ठाउँको खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू र सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको ४ लाख ७३ हजार ८ सय रुपैयाँको काजु, खजुर, बदाम, विस्कुट, अजिर र किसमिसका सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी बरामद गरेको हो ।

यसैगरी सोही महानगरपालिका-८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा अवैध रूपमा भण्डारण गरी राखिएको २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज समेत बरामद भएको छ ।

यसैगरी भाद्र २३ गते सोही महानगरपालिका-१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । ना २ ह ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२ बैरैनिया बस्ने २५ बर्षिय विनोद कुश्वाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघिपनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस