काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज भक्तपुर दरबार स्क्वायर पुगेका छन् ।
सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन ।
सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने यस अभियानको प्रमुख उद्देश्य रहेको बताइएको छ ।







