काठमाडौँ । लोक सेवा आयोगले वाणिज्य बैंकको सहायक प्रबन्धक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले बिहीबार एक सूचना जारी गरी वाणिज्य बैंकको सहायक प्रबन्धक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५०, ५१, ५२, ५३, ५४ र ५५ र २०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, नगद समूह, तह ६ तथा सहायक प्रबन्धक (नगद) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा