२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशको नागरिकताबारे प्रधानमन्त्रीको चासो, राति १० बजे नै बोलाएर गृह सचिव अर्यालसँग गरे कुरा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे गृह सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाश तामाङको नागरिकता प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन्। विद्या चापागाईंको युट्यूब सिरिज ‘हेर्ने कथा’ मा ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङको कथा हेरेपछि, प्रधानमन्त्री ओलीले तामाङलाई छिटो नागरिकता दिलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले प्रकाशको तत्कालको आवश्यकता नागरिकता रहेको भन्दै गृह सचिव अर्याललाई दुईदेखि चार दिन भित्रमा नागरिकता दिलाउने व्यवस्था मिलाउन आग्रह गरे। उनले भने, ‘प्रकाशलाई नागरिकता दिलाउन गृह सचिवलाई राति नै बोलाएर सहजीकरणको व्यवस्था मिलाउन निर्देशन दिएको छु।’

नागरिकता प्राप्त भएपछि प्रकाशले बैंक खाता खोल्न सक्नेछन्, जसले गर्दा उनलाई सहयोग गर्न चाहनेहरूले सजिलै सहयोग गर्न सक्नेछन्।

प्रधानमन्त्री ओलीले बुधबार विहानै सामाजिक सञ्जालमार्फत नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।

प्रधानमन्त्रीको यो पहलले प्रकाश तामाङजस्ता व्यक्तिहरूको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिने र छिटो समाधान गर्न कदम चाल्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस