काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।
बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्किएको छ ।’
परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।