भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमाथि बुधवारदेखि संसदीय समितिमा छलफल « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमाथि बुधवारदेखि संसदीय समितिमा छलफल


४ भाद्र २०८१, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयकमाथि बुधवारदेखि दफावार छलफल सुरु गर्दैछ ।

त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । त्यसअघि समितिले विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सांसदहरूसँग साउन २४ गते र २७ गते छलफल गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरूसँग साउन ३१ गते छलफल गरेको थियो ।

बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई बोलाइएको छ । गृहमन्त्री राज्य व्यवस्था समितिका पदेन सदस्य हुन् भने कानुन मन्त्रीलाई समितिले कानुनी रायका लागि आमन्त्रण गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिमा मुख्यतः चार वटा विषय उठेका छन् ।

भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद र निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कि नदिने भन्ने विषयमा संशोधनकर्ता सांसदहरूको मत बाझिएका छन् ।

भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बनमा पर्ने कि नपर्ने र नीतिगत भ्रष्टाचारको विषयलाई कहाँ सम्बोधन गर्ने भनेर समितिको छलफलमा उठेको छ ।

प्रस्तावित विधेयकमा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने उल्लेख छ । निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने प्रस्ताव पनि गरिएको छ ।

तर, भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बनमा पर्ने कि नपर्ने र नीतिगत भ्रष्टाचारको विषयलाई कहाँ सम्बोधन गर्ने भन्ने विषयमा विधेयक मौन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस