काठमाडौँ । लोक सेवा आयोगले जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२२४, १७२४५/०८०-८१(आ.प्र., महिला), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरिएको आयोग कार्यालयले जनाएको छ ।