उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न माग « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उदयपुरको चौदण्डीगढीमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न माग


२९ श्रावण २०८१, मंगलबार


उदयपुर । नेकपा एमाले उदयपुरले जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाली सेनाको सर्पदंश उपचार सेवा पुनः विस्तार गर्न माग गरेको छ । 

एमाले उदयपुरका अध्यक्ष भागवत राउत नेतृत्वको टोलीले रक्षा मन्त्री मानवीर राईलाई भेटी नेपाली सेना १८ नम्बर बाहिनी अड्डामा रहेको सर्पदंश सेवालाई बेल्टारमा विस्तार गर्न माग गरेको हो । रक्षा मन्त्री राई समक्ष ज्ञापन पत्र बुझाउँदै एमाले प्रतिनिधि मण्डलले सर्पदंश उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के वा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउनु पर्ने बाध्यता भएको भन्दै स्थानीयका लागि बेल्टारमै अस्थायी उपचार केन्द्र सञ्चालन गर्न माग गरेको हो ।

विगतमा नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केबाट प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गरी सेवा प्रदान भएको थियो । उक्त सेवा बन्द भएकोले पुनः सुचारुका लागि आवश्यक निर्णय लिन प्रतिनिधि मण्डलले आग्रह गरेको हो । प्रतिनिधि मण्डलमा नेकपा एमाले उदयपुर जिल्ला इन्चार्ज मञ्जु चौधरी, खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराई, उदयपुर क्षेत्र नं २ मा अम्बर रायमाझी, उदयपुर जिल्ला अध्यक्ष भागवत राउत, जिल्ला सचिव टेक बहादुर राउत लगायत थिए । 

प्रतिनिधि मण्डल समक्ष रक्षा मन्त्री राईले यसअघि सञ्चालित सर्पदंश उपचार केन्द्र के कति कारणले बन्द भएको हो ? र नेपाली सेनासँग समन्वय गरेर पुनः उपचार केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस