रामदेवकी छोरी अनुराधालाई धरौटीमा छाड्न आदेश « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रामदेवकी छोरी अनुराधालाई धरौटीमा छाड्न आदेश


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीकी छोरीलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ। 

रामदेव तेलीकी छोरी खडक नगरपालिका-७ कल्याणपुरकी अनुराधा साहलाई जिल्ला अदालतका न्यायाधीश सञ्जीव पोखरेलको एकल इजलासले आइतबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो । 

मिटरब्याजी तेलीसहित आठजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सप्तरी जिल्ला अदालतमा बुधवार अभियोगपत्र दायर गरेको थियो। रामदेवसहित उनकी श्रीमती शिवकुमारी देवी, छोराहरू नन्दकिशोर र विपिनकुमार, छोरीहरू पुषा साह र अनुराधाकुमारी साह, नाति चन्दनकुमार साह र कैलाश साहलाई प्रतिवादी कायम गरिएको मुद्दामा १३ करोड ५५  लाख ७८  हजार ८२६  रुपैयाँ बिगो दाबी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस