काठमाडौँमा डोल्पाको कलावस्तु प्रदर्शन (तस्बिरसहित) « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँमा डोल्पाको कलावस्तु प्रदर्शन (तस्बिरसहित)


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने भन्दै ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रदर्शनी सुरु गरिएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्बिर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रदर्शनी सुरु भएको छ ।

मनघरी फाउन्डेसनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म जारी रहने छ । संघीय राजधानी काठमाडौँमा कर्णाली प्रदेशका जिल्लाहरूलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रदर्शनी गरिएको थियो भने साउन महिनामा डोल्पा जिल्ला प्रदर्शन गर्न लागिएको कनेक्टिङ कर्णालीका परिकल्पनाकार मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।

प्रदर्शनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने गरी केही तस्बिरका साथै डोल्पा जिल्लालाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादित सामग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस