सचिवले १५ र मन्त्रालयले ३० दिनभित्र आफूले गरेका कामको विवरण  प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्ने  « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सचिवले १५ र मन्त्रालयले ३० दिनभित्र आफूले गरेका कामको विवरण  प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्ने 


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । नेपाल सरकारका सचिवहरूले आफूले सम्पादन गरेका कामको विवरण पन्ध्र–पन्ध्र दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नु पर्ने भएको छ । 

सरकारी सेवालाई प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुशार सबै सचिवहरूलाई अवधि तोकेरै कामको प्रगति पेश गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।

‘सचिवज्यूहरूले आफूले सम्पादन गरेका कामहरू १५ दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने छ’ ती स्रोतले भने, ‘यससँगै मातहत कार्यरत सहसचिवहरूले सम्पादन गरेका कामहरूको पनि सचिवज्यूले रिपोर्ट लिएर महिना भरी सम्पादित कामको विवरण एकुमुष्ठ रूपमा पठाउनु पर्नेछ ।’ 

सरकारलाई कुनै पनि हिसाबले पन्छिने छुट नभएकोले नागरिकहरूलाई सरकारी सेवाप्रति भरोसा जगाउन र प्रभावकारी बनाउन मन्त्रालयहरूलाई सक्रिय बनाउन लागिएको बताइएको छ । 

मन्त्रालयहरूलाई चलायमान बनाउन प्रधानमन्त्री ओलीले आफूले गर्न सक्ने कामको कार्य योजना बनाई २८ गतेभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिई सकेका छन् । 

सम्बन्धित समाचार : सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना सोमबारसम्म पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सक्रिय बनाउने हो भन अहिलेको अवस्थामा भने अवश्य सुधार आउने छ । आफूलाई मन परेको निर्णय जसरी पनि गराई हाल्ने र मन नपरेका बेवास्ता गरेर थन्क्याइँदा पनि कहिँकतैबाट सुनुवाइसमेत नहुने अवस्थापछि दिनप्रतिदिन खस्किँदै गएको सेवा प्रवाहलाई सुधार गर्न निरन्तर निगरानी जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस