बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँ : मन्त्री पौडेल « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँ : मन्त्री पौडेल


२५ श्रावण २०८१, शुक्रबार


नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।   

नेपाली काँग्रेस बाँकेले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए । मन्त्री पौडेलले भने,“स्वास्थ्य क्षेत्र सुधारका लागि छिट्ट नयाँ कामहरू घोषणा गर्ने गरी काम भइरहेको छ । आमा सुरक्षा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने योजना बनाइरहेका छौँ ।” 

उनले  सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताए । 

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने गरी नयाँ ढङ्गले काम गर्न मन्त्री पौडेल सक्षम हुने विश्वास व्यक्त गरे । भेरी अस्पतालको स्तरवृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै नले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस