काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले बिहीबार साँझ एक सूचना जारी गरी सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको जनाएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला/समावेशी), सैन्य पदमा श्री नं. ९ बाहिनी अड्डा माझिटार ब्यारेक, सिन्धुलीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा