प्रभु बैंकमा एक करोड बढी अपचलन : रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नै नक्कली « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रभु बैंकमा एक करोड बढी अपचलन : रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नै नक्कली


२४ श्रावण २०८१, बिहिबार


झापा । प्रभु बैंक लि. बिर्तामोड शाखामा ग्राहकको १ करोड बढी रकम अपचलन भएको विषयमा छानबिन भइरहेको छ । निक्षेपकर्ता मञ्जु कुमारी नेपालले बैंकमा जम्मा गरेको रकम हिनामिना भएको विषय सार्वजनिक भएपछि बैंकले छानबिन अघि बढाएको हो ।

प्रारम्भिक छानबिनमा बैंकमा आधिकारिक च्यानलबाट पैसा जम्मा भएको नदेखिएको बैंकका कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले जानकारी दिए । ‘उक्त शाखा कार्यालयका निक्षेपकर्ता मञ्जु कुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेस गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको ब्यहोरा प्रारम्भिक रूपमा देखिन आएकोले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानून बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ’, कटवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनले घटनाबारे थप अनुसन्धान भइरहेको र कानून बमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको बताए । छानबिन पश्चात् घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनको भनाइ छ ।

एक करोड १० लाख गायब
झापाको बिर्तामोड-५ स्थित मम फ्याक्ट्रीका सञ्चालकसमेत रहेकी नेपालका श्रीमान् टीकाराम नेपालले प्रभु बैंक लि. बिर्तामोड शाखाबाट आफूले १ करोड १० लाख ४३ हजार रुपैयाँ फिक्स डिपोजिटमा जम्मा गरेको बताए । 

उनले बैंकमा फिक्स डिपोजिट गरेर बैंकबाटै कागजात लिएर अमेरिका गएको जानकारी दिए । आफू अमेरिका जानु पूर्व श्रीमतीका नाममा उक्त रकम जम्मा गरेको र अमेरिकाबाट फर्किएपछि रकम निकाल्न खोज्दा खातामा पैसा नभएको बैंकले जवाफ दिएको उनको भनाइ छ ।

उनले श्रीमतीको खातामा पटक पटक फरक फरक मितिमा रकम जम्मा गरेको बताए । उनले गत माघ ३ मा प्रभु बैंकको बिर्तामोड शाखामा उक्त रकम ६ महिनाका लागि फिक्स डिपोजिट खातामा जम्मा गरेको बताए । तर, पैसा झिक्न जाँदा बैंकले पैसा छैन भनेपछि आफू अचम्मित भएको उनको भनाइ छ । 

खातामा पैसा नभएको विषयमा सम्बन्धित बैंक र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए । तर, जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार बैंकबाट पैसा गायब भएको विषयमा कुनै निवेदन प्रहरीमा परेको छैन ।

टिकारामले बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका छन् । सिटौला अहिले फरार छन् ।

बैंकमाथि तेर्सिएको प्रश्न
बैंकका कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले मञ्जु कुमारी नेपालले जम्मा गरेको मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र बैंक स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली भएको भएको बताएका छन् । उनले भने, ‘हाम्रो सिस्टमबाट जनेरेट भएर जारी भएका आधिकारिक डकुमेन्टहरू होइनन् ।’ 

प्रारम्भिक चरणको अनुसन्धानमा बैंकले उक्त कागजातहरू नक्कली भएको भनेपछि थप प्रश्न बैंकतर्फ नै तेर्सिएको छ । बैंक बाहिर मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट कसरी बन्छ ? बैंकले दिने मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नक्कली वा सक्कली कसरी चिन्ने ? कुन कर्मचारीले दिएको मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट सक्कली हो भनेर ग्राहकहरूले कसरी छुट्टाउने ? जस्ता प्रश्नहरू बैंकमाथि तेर्सिएका हुन् । अर्कोतर्फ टिकाराम नेपालले बैंकबाटै कागजात लिएको बताइरहँदा बैंकका कर्मचारीले बैंकभित्रबाट दिएको रकमको रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट सक्कली कसरी भएनन् ? भन्ने प्रश्न पनि खडा भएको छ ।

यी विषयमा पनि छानबिन भइरहेको कटवालले बताए ।  ‘उहाँ (मञ्जु कुमारी नेपाल)को हातमा ती कागजातहरू कसरी आए, त्यो पनि अनुसन्धानको विषय हो’, उनले भने । 

बैंकबाट रकम गायब भएको विषय सार्वजनिक भएपछि ग्राहहरू बैंकको सम्पर्कमा आउन थालेका छन् भने घटनापछि प्रभु बैंकमा रकम जम्मा गर्ने बचतकर्ता त्रसित बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस