काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले भेटवार्ता गरेका छन् ।
बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि काठमाडौँ आएका प्रदेश सभापतिहरूले सिंहदरबार पुगेर भेट गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहको सचिवालयको अनुसार भेटमा सातै प्रदेशका सभापतिहरू सहभागी थिए । उनीहरूले उपप्रधानमन्त्री सिंहसँग पछिल्ला पार्टी र सरकारको परिस्थिति बारेमा छलफल गरेका थिए ।







