२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा ५५ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण

अ+ अ-

पर्वत । पर्वतमा गत आर्थिक वर्षमा ५५ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएका छन् । पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात पालिकामा गरी ५५ पूर्वाधारका योजना सम्पन्न गरेको जनाएको छ ।  

कार्यालय प्रमुख अशोक नेपालीले बजेट विनियोजन भएका ५६ योजनामध्ये एक योजना ढिला सम्झौता भई काम सम्पन्न हुन नसकेको जानकारी दिए । उनकानुसार गत आवमा मात्रै ३१ स्थानमा गरी छ किलोमिटर तीन सय १९ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । 

यसैगरी १९ वटा धार्मिक पर्यटकीयस्थलमा मर्मतसम्भार, पुनः निर्माण तथा नयाँ संरचना, तीन वटा पार्क र दुई सामुदायिक प्राकृतिक संरचना निर्माण गरिएको पनि कार्यालयले जनाएको छ । कुश्मा नगरपालिकामा २८, फलेवासमा आठ, मोदी गाउँपालिकामा आठ, पैँयूमा चार, जलजलामा चार, विहादीमा दुई र महाशिला गाउँपालिकामा दुई स्थानमा पूर्वाधार बनाइएको तथ्याङ्क छ । 

पूर्वाधार निर्माणका लागि गत आवमा रु तीन करोड ९० लाख विनियोजन भएको थियो । जसमध्ये रु तीन करोड ५९ लाख १० हजार खर्च भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

यहाँ पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माणलगायत संरचना मर्मत तथा निर्माणमा जोड दिइएको छ । 

कार्यालयले गत आव  २०८०/८१ मा ९७ दशमलव ७७ प्रतिशत भौतिक र वित्तीय प्रगति ८७ प्रतिशत रहेको जनाएको छ ।