काठमाडौँ । आर्थिक अभावले बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ कि गौमती विकको उपचारमा समस्या भएको छ ।
सोमबार घर नजिकैको ठाडोखोला भन्ने भिरबाट लडेकी ४५ बर्षीया गौमतीको टाउकोमा गम्भीर चोट लागेको छ । अहिलेसम्म होस खुलेको छैन । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ ।
डाक्टरले टाउकोको अप्रेसन गर्नुपर्ने बताएका छन् । टाउकोको अप्रेसनका लागि ३ लाख डिपोजिट गर्नुपर्ने अस्पतालले भनेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको हो । आर्थिक सहयोग गरेर ज्यान बचाइदिन परिवारले सम्पूर्ण सहयोगीसमक्ष अपिल गरेको छ ।
सहयोगका लागि छोरी धाना विकको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ०३१०७०१०१३५०३० जम्मा गरिदिन अपिल गरिएको छ । बिरामीको अवस्था बुझ्न ९७४९३००५२९ मा सम्पर्क गर्न सकिने छ ।
