२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत तथा नापी कार्यालयले गौशालाबाटै सेवा सुरु गर्ने

अ+ अ-

महोत्तरी ।  यहाँको गौशालामा स्थापना भएको मालपोत तथा नापी कार्यालयले सेवा सञ्चालनको तयारी गरेको छ । 

केही वर्ष पहिले कार्यालय स्थापना गरिए पनि जिल्ला सदरमुकाम जलेश्वरस्थित मालपोत तथा नापी कार्यालयबाट नक्सा, अभिलेखलगायत कागजात ल्याउन नसकिएपछि सेवा सञ्चालन हुन सकेको थिएन ।

सोमबार कार्यालयका लागि आवश्यक नक्सा, अभिलेख र कागजात ल्याइएको छ । उक्त कागजात ल्याइसकेपछि अब सेवा सञ्चालनको तयारी गरिएको कार्यालय प्रमुख जितेन्द्र झाले जानकारी दिए । 

सोमबार राती गौशालाका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको अगुवाइ तथा जलेश्वर र गौशाला मालपोत कार्यालयको समन्वयमा आवश्यक अभिलेख ल्याएपछि सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि जलेश्वरस्थित कार्यालयबाट कागजात ल्याउन जलेश्वरका लेखापढी व्यवसायीले विरोध गर्दै आएका थिए । कार्यालयले एक साताभित्रै सेवा सुरु गर्ने तयारी गरेको प्रमुख झाले बताए । 

“कार्यालय प्रयोजनका मोठ, स्रेस्ता, नक्सा, अभिलेख र सम्बद्ध कागजात आएका छन्”, झाले भने, “यिनलाई व्यवस्थित गर्न एक साता लाग्छ होला, त्यसलगत्तै सेवा सुरु गर्नेछौँ ।”

नापी तथा मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशालाक्षेत्रमा आर्थिक गतिविधि बढ्ने गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साहले बताए। मालपोतले सेवा सञ्चालनको तयारी गरेसँगै जिल्लाको पश्चिमी क्षेत्रका सर्वसाधारणले सहज रूपमा सेवा पाउने आशा गरेका छन् । 

कार्यालयले हालको गौशाला र औरही नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने जनाइएको छ ।