सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भयो : मन्त्री भट्टराई « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भयो : मन्त्री भट्टराई


१९ श्रावण २०८१, शनिबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताएकी छन् । 

पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताइन् ।

मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट नभएको र कानुनी अड्चनलाई आवश्यकता अनुसार परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गरिन् । रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता भएको बताउँदै उनले बढ्दो युवा पलायनलाई रोक्नु पनि सबै मिलेर काम गर्न जरुरी रहेको धारणा राखिन् ।

मन्त्री भट्टराईले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने धारणा राखिन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले उद्योगी-व्यवसायीहरूले संस्थागत हकअधिकारको सुनिश्चिततासहित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

संस्थाका अध्यक्ष एमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीलगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिले उद्योग-व्यवसायको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गरेका थिए।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सद्वारा प्रकाशित ‘पोखरा चेम्बर दर्पण’ को लोकार्पण गर्नुका साथै संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस