तिलगंगा नेत्र विश्वविद्यालय विधेयक चालु अधिवेशनबाटै पारित गर्ने प्रयास छ : सभामुख « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक चालु अधिवेशनबाटै पारित गर्ने प्रयास छ : सभामुख


१९ श्रावण २०८१, शनिबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक संसद्को चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् ।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसद्को चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उनले बताए ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेत्र विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताए ।

‘आँखाको क्षेत्रमा डा। सन्दुक रुइतले खेल्नुभएको भूमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आज भन्दा दुई महिना अगाडि मात्रै हो- त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालको तर्फबाट आउनुभयो । तिलगंगा नेत्र विश्वविद्यालय र त्यसका कानुन बनाउनुपर्ने भयो । त्यो विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो । त्यो विधेयक छिटो पास गर्नका लागि सहयोग गर्नु पर्‍यो भनेर उहाँले आएर कुरा गर्नुभयो, ‘सभामुख घिमिरेले भने, ‘त्यतिबेला सरकारमा गइरहेको र सरकारले संसद्मा पेस गर्न बाँकी थियो । मैले आफ्नो ठाउँबाट गर्न सक्ने जति कोसिस गरेर सरकारले पनि त्यसलाई आवश्यक महत्त्व दिएर सम्बन्धित मन्त्रालयदेखि सबै चाहिने ठाउँमा घचघच्याएर त्यो संसद्मा आयो ।’

राष्ट्रिय सभाको समितिमा विचाराधीन उक्त विधेयक प्रतिनिधि सभामा आएपछि पारित गर्ने सभामुखको भनाइ थियो । उक्त विधेयक पारित भएपछि कानुनी समस्या समाधान हुने उनको भनाइ छ । त्यो पास भयो भने कानुनी रूपमा भएका असजिलाहरूलाई हटाउने र त्यसरी विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्रै खालको अवसर हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुरामा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस