तटबन्धन नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तटबन्धन नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा


१९ श्रावण २०८१, शनिबार


राँझा (बाँके) । बाँकेमा राप्ती नदीले भत्काएको तटबन्धन पुनः निर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका छन् । 

राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियामा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो । 

उक्त तटबन्धन पुनः निर्माण हुन नसक्दा राप्तीसोनारी-६ र ७ तथा नरैनापुर गाउँपालिका-६ मा गरी करिब ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका नरैनापुरस्थित रेडक्रस गङ्गापुर उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार पछिल्लो समय राप्तीमा जल सहत बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार वर्षा हुनासाथ राप्तीको बाढी गाउँ पस्ने जोखिम बढ्दै गएको उनले बताए । 

डुवान समस्याबारे स्थलगत अवलोकनमा पुगेका प्रतिनिधि सभाका सांसद सूर्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्न संघीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी तत्काल सरोकार भएका निकायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए। 

“अहिले भएको वर्षाका कारण नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा  प्रवेश गर्ने अवस्था आइरहेको छ”, सांसद ढकालले भने, “नदीले तीव्र रूपमा कटान गर्दै धार परिवर्तन गर्न सक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।”

राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँ जसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्तीसोनारी–७ नयाँबस्तीका शंकर यादवले बताए ।

“बाढी रोकथाम गर्न लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी कटान गर्दै गाउँतिर सोझिएको छ”, उनले भने”, ठूलो बाढी आयो भने गाउँ बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन पनि सकिँदैन ।”

तटबन्ध निर्माण नभएकाले राप्तीसोनारी–६ र ७ का सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदरवेटवा, कुडुवालगायत बस्ती जोखिममा छन् ।

बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं ७ का वडाध्यक्ष रामलखन थारुले बताए । 

उक्त समस्याको दीर्घकालीन समाधान खोज्न र अहिलेको जोखिम न्यूनीकरण गर्न राप्तीसोनारी र नरैनापुर गाउँपालिका, जनताको तटबन्धलगायत अन्य सरोकार भएका निकायमा जानकारी गराइएको बताउँदै हालसम्म मर्मतसंभारको पहल नभएको उनले गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस