२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालत पाटन हेटौँडा इजलासमा १ वर्ष नाघेका मुद्दा शून्य

अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटन हेटौँडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य रहेको छ । अघिल्लो आवको भन्दा गत आवमा झन्डै २ प्रतिशत मुद्दा बढी फर्स्यौट गरिएको छ ।

आव ०८०/०८१ मा जिम्मेवारी सरेर आएकोसहित हेटौँडा इजलासमा १ हजार ६ सय १९ मुद्दा थिए । तीमध्ये १ हजार ३ सय ४५ अर्थात् ७७ प्रतिशत मुद्दा फर्स्यौट भएको उच्च अदालत पाटन हेटौँडा इजलासले जनाएको छ ।

अघिल्लो आवमा १ हजार ७ सय ४१ मुद्दा दर्ता भएकामा १ हजार ३ सय १२ थान मुद्दा अर्थात् ७५ दशमलव ३६ प्रतिशत फर्स्यौट गरिएको थियो । हेटौँडा इजलासमा न्यायाधीशको सात दरबन्दी रहेको छ । सातै जना न्यायाधीश महिला छन् ।

यसैगरी जिल्ला अदालत मकवानपुरले ५८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । मुद्दा फर्स्यौट गत वर्षको भन्दा ३ प्रतिशत कम छ । गत आवमा जिम्मेवारी सरेर आएकासहित ३८ सय ४१ मुद्दा दर्ता भएका थिए । तीमध्ये २२ सय ७३ मुद्दा फर्स्यौट गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

अघिल्लो आवमा ६१ प्रतिशत मुद्दा फर्स्यौट गरिएको थियो । आव ०८०/०८१ म मुद्दा दर्ता हुने संख्या नै अघिल्लो आवको भन्दा ५ सय १४ थान बढी भएको थियो भने न्यायाधीशको दरबन्दी पनि चारबाट घटेर तीन जनामा सीमित गरिएको थियो ।

अघिल्लो आवको भन्दा गत आवमा मुद्दा दर्ता हुने संख्या बढी र न्यायाधीशको दरबन्दी पनि कटौती भएकाले मुद्दाको फर्स्यौट प्रतिशतमा कमी आएको दाबी अदालतले गरेको छ ।

जिल्ला अदालत मकवानपुरमा २ वर्षसम्मका ४१ वटा र २ वर्ष नाघेका २२ वटा मुद्दा फर्स्यौट हुन बाँकी छन । जिल्ला अदालत मकवानपुरमा तीनै जना महिला न्यायाधीश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस