काठमाडौँमा तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँमा तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने


१६ श्रावण २०८१, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने जानकारी दिएका हुन् । 

उनले बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति मिल्ने छैन ।’

यस्तै मेयर साहले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा  धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन पनि आग्रह गरेका छन् । उनले नत्र पछि धोका पाउन सकिने उल्लेख गरेका छन् ।  

उनले भनेका छन्,‘ यस पृथ्वीका नदी तथा खोलाहरूको पनि अधिकार छ । प्रकृतिले पनि विद्रोह गर्न सक्छ । त्यसैले नदी तथा खोलाहरूको अधिकारको संरक्षण गरौँ । यति गर्न सके मान्छेको घरमा खोला पस्ने छैन ।’

मेयर शाहले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताए । काठमाडौँ उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर भित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटर भित्रको जग्गालाई  सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनले उक्त क्षेत्र खाली गराउने चेतावनी दिएका छन् । 

उनले सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस