काठमाडौँ । सदन विजनेसविहीन भएपछि सभामुख देवराज घिमिरेले ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका छन् ।
समितिमा विचाराधीन रहेका विधेयकबारे छलफल गर्नको लागि सभामुखले बैठक राखेका हुन् ।
बैठक दिउँसो ३ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्ने सचिवालयले जनाएको छ । पछिल्ला दिनहरूमा सदनलाई सरकारले विधेयक दिन नसकेपछि सभामुखले सदन आकस्मिक, शून्य र विशेष समय दिएर चलाउँदै आइरहेका छन् ।