विपद् र स्वास्थ्य परामर्श सेवाका लागि २४ घण्टे हटलाइन सेवा « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विपद् र स्वास्थ्य परामर्श सेवाका लागि २४ घण्टे हटलाइन सेवा


१६ श्रावण २०८१, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपद् र स्वास्थ्य परामर्शका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद्जन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि हटलाइन सेवा सुरु गरिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले जनाकारी दिए ।

विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । ‘नियमित वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन्,’ उनले भने । स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ ।

यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको हो । यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो । १०२ मार्फत निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने महानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस