२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आज नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।   

मन्त्रालयमा आज भएको भेटवार्तामा राजदूतहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई दिनुका साथै विविध विषयमा छलफल गरेका मन्त्रालयले जनाएको छ । 

अमेरिकी राजदूत थम्पसनसँगको भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गरेको भेटमा सहभागी मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । 

उनले भने, “उपप्रधानमन्त्री सिंहले सहरी क्षेत्र र समग्र नेपालको आर्थिक विकासमा अहिले भएको सहयोग, यसको निरन्तरता र सहरी विकासमा प्राप्त सहयोगको निरन्तरता र थप सहयोगका क्षेत्रबारे छलफल गर्नुभयो ।”

यस्तै, गणतन्त्र कोरियाका राजदूत योङसँग सहकार्यका विषयमा कुराकानी भएको उनले जानकारी दिए । सो अवसरमा उनीहरुबीच ईपीएस प्रणालीमार्फत विदेश जाने कामदारको सङ्ख्या बढाउने विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस