२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्री लेखक र स्विस राजदूत मेउलीबीच शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेकी छिन् । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका थिए । 

स्विस राष्ट्रपतिसँग द्विपक्षीय भेटका लागि गत जेठ २९ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गरेको स्वीट्जरल्याण्डको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो । 

भौगोलिक दूरी र फरक विकास स्तरका बाबजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै नेपालको शान्ति प्रक्रियामा स्वीसले गरेको सहयोगको गृहमन्त्री लेखकले प्रशंसा गरे ।

‘विकास र सहयोगका लागि स्विस एजेन्सीले नेपालको सामाजिक आर्थिक विकासमा उल्लेख्य योगदान गरेको छ । आगामी दिनहरूमा विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा सहायता उपलब्ध हुने विश्वास लिएको छु,’ उनले भने ।

गृहमन्त्री लेखकले सन् २०२६ सम्ममा नेपाल न्यून आय भएको मुलुकबाट स्तरोन्नति भई  २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य प्राप्तिको लागि स्रोत, साझेदारी र प्रविधिमा स्विट्जरल्यान्डसँग सहयोगको अपेक्षा गरेका थिए । 

राजदूत मेउलीले नेपालको संक्रमणकालीन न्यायका विषयमा चासो व्यक्त गरेकी थिइन् । उनले संक्रमणकालीन न्यायको विषय कार्यान्वयनका लागि  स्वीट्जरल्याण्डको सहयोग रहने बताइन् ।

प्रतिक्रिया दिनुहोस