२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रीले भने-सरकारसँग विपद‍मा उद्धार, राहतको कामका लागि पर्याप्त सामग्री छैन

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सरकारसँग विपद् व्यवस्थापनका लागि सामग्रीहरूको अभाव रहेको बताएका छन् ।

सोमबार सांसद डा. तोसिमा कार्कीले पेस गरेको ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । 

मन्त्री लेखकले विपद्मा राहत र उद्धारका लागि पर्याप्त जनशक्ति पनि नभएको बताए । उनले विपद्का लागि थप जनशक्ति र सामग्रीको व्यवस्था गर्ने काममा सरकार गम्भीरतापूर्वक लागिपरेको बताए । चालु मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको उनले बताए । 

गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि सरकारले स्थानीय तहसम्म नै परिचालन हुनेगरी जोखिम न्यूनीकरणको उपाय अवलम्बन गरेको बताए । 

उनले भने, ‘ यस वर्षको मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको छ । सुरक्षा निकायसँग विपद् प्रतिकार्यका लागि चाहिने औजार, उपकरणहरू तयारी अवस्थामा राखिएको छ । मैले आग्रह गरे-कतिपय पर्याप्त छैनन् । र यसमा थप गर्नुपर्नेछ । र यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।’

मन्त्री लेखकले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति निर्माणमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।