काठमाडौँ । लोक सेवा आयोगले वाणिज्य बैंकको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार सूचना जारी गरी वाणिज्य बैंकको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विभिन्न वि.नं. ०७९-८० (आ.प्र.) , सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
साथै आयोगले अन्तर्वार्ता तथा अन्य कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न अनुरोध गरेको छ ।