काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दैमा राजनीतिक स्थिरता नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काँग्रेस-एमालेसहित ठूला दलका नेताहरूलाई आफ्नो आचरण र प्रवृत्ति सुधार्न आग्रह गरे ।
उनले भने, ‘राजनीतिक स्थिरता संविधान संशोधनले हुँदैन । २००७ सालदेखि आजसम्म कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । एउटा अपवाद पनि छैन । त्यो बेलामा यो संविधान त थिएन ।’
उनले अहिले भ्रष्टाचार, राजनीतिक अपराधीकरण भइरहेको बताए ।