उपसभामुखको विवादित पत्रबारे रास्वपाले सभामुखसँग राख्यो जिज्ञासा « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपसभामुखको विवादित पत्रबारे रास्वपाले सभामुखसँग राख्यो जिज्ञासा


३ श्रावण २०८१, बिहिबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई अनधिकृत रूपमा लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा चर्चा सुरु भएको छ ।

सञ्चारमाध्यमहरूमा आएका रिपोर्टलाई आफूहरूले अध्ययन गरिरहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

यो विषयमा यसअघि पार्टीलाई कुनै औपचारिक जानकारी नरहेको उनको भनाइ छ । समाचारमा आएपछि आजै आफूले सभामुख देवराज घिमिरेसँग कुराकानी गरेको उनले बताए ।

‘मैले सभामुखज्यूसँग जिज्ञासा राखेको थिएँ । उहाँले आफूलाई यस विषयमा केही थाहा नभएको बताउनु भयो । हामी थप बुझ्ने काम गरिरहेका छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस