२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ ।

केन्द्रमा काँग्रेस-एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरूले बताएका छन् ।

काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए ।

काँग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री काँग्रेसले पाउन सक्ने उत्तिकै सम्भावना रहेको तर्क गरेका छन् ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व काँग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौँ पुगेर पार्टी सभापति देउवालगायत नेता भेटेका छन् ।

यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने बताए ।

लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुनेछन् ।

यता अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले पनि काँग्रेस एमालेबीच नै पहिले कसले नेतृत्व गर्ने भन्ने विषय नटुङ्गिएको आफूले राजीनामा नदिएको बताएका छन् ।

मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्रै आफूले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने निर्णय गर्ने मुख्यमन्त्री महराले बताए ।

प्रतिक्रिया दिनुहोस