२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शालीन व्यक्तित्वका लेखकलाई गृह प्रशासनको नेतृत्व

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित काँग्रेस नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उनलाई गृह मन्त्रीका रुपमा नियुक्त गरेका हुन् । राजनीतिक विषयवस्तुलाई गहन ढङ्गले विश्लेषण गरी तर्क प्रस्तुत गर्न सक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिन्छन् ।

माता शारदादेवी र पिता प्रयागदत्तका सुपुत्रका रुपमा लेखकको जन्म २०२० साल मङ्सिर २५ गते बैतडी जिल्लामा भएको हो । उनको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको बेदकोट नगरपालिका-८ मा रहेको छ । नेता लेखक हाल काठमाडौँको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । लेखक विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ र २०४६ सालमा नेपाली काँग्रेसमा आबद्ध भए।

उनले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको राजनीति सुरुआत गरेका थिए । २०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गरे । २०५६ सालको आम निर्वाचनमा पहिलो पटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उनी निर्वाचित भएका थिए ।

जनआन्दोलनबाट पुनः स्थापित प्रतिनिधि सभामा नेता लेखकले सक्रिय भूमिका खेले । लोकतन्त्रको बहालीपछि उनी श्रम तथा यातायातमन्त्री भएका थिए । लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित भएका थिए ।

२०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित भए । लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत बने । पत्रकारिता र प्राध्यापनसमेत गरेका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील थिए ।

कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका खेल्नुभएको थियो । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले पुर्याएको योगदान स्मरणीय छ । नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य थिए । गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस