काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका छन् । पदभार ग्रहणका लागि सिंहदरबार पुगेका ओलीलाई सचिवहरुले स्वागत गरेका हुन् ।
सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए । त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आएका थिए ।
