२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै  

अ+ अ-

स्वर्गद्वारी (प्युठान)। प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन् । जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका रहेका श्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए । 

एक सय ८०  अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए । श्रेष्तेदार गौतमकानुसार आव २०७९/८० मा फर्छ्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२  सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फर्छ्यौट भएका छन् । सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दियो । 

 वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० मा फर्छ्यौट हुन बाँकी एक सय ८० मुद्दा जिम्मेवारी सरी आएकोमा एक सय ६० चालु आवका पाँच सय २४ वटा मुद्दामध्ये तीन सय ४० फर्छ्यौट भएका छन् । 

न्यायाधीश पुनाराम खनालले ६५ प्रतिशतको लक्ष्य राखेकामा ७१ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भइएको र फर्छ्यौट हुन बाँकी मुद्दा १८ महिनाभन्दा बढी समयका रहेका बताए । उनले स्थानीय सरकार आएपछि भएका सिफारिसमा कानुनी व्यवधान सिर्जना भएकाले यसलाई सच्याउन ध्यान दिनुपर्नेमा जोड दिए । “प्रमाणीकरण, सिफारिस तथा अभिलेखका प्रमाणमा वडा कार्यालय, स्थानीय न्यायिक समितिका पत्र तथा अन्य कागजातले केही प्रकृतिका पीडितलाई न्याय दिलाउन सहयोग पुग्छ तर आफ्नो क्षेत्राधिकारका आधारमा भाषा, कागजात अदालतमा कमै मात्र आएको हुँदा जटिलता देखिएको छ”, न्यायाधीश खनालले भने । उनले समुदाय स्तरमा कानुनी सचेतना आवश्यक रहेको र त्यसमा सबै सरोकार भएका निकायले भूमिका खेल्नुपर्ने बताए । 

कार्यालयले यस वर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट दुईजना कर्मचारीलाई पुरस्कृत गरेको छ । नायब सुब्बा श्यामलाल चौधरी र कम्प्युटर अपरेटर यशोदा बोहोरालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस