२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय दलमा प्रधानमन्त्रीले भने-ओलीले ढाँटछल गरे

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । उनले ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताएका छन् ।

बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद थालेको भनी बाहिर आएका समाचार गलत भएको प्रधानमन्त्रीले बताएको सञ्चारकर्मीलाई जानकारी गराए ।

१७ गते ३ घण्टासम्म भएको कुराकानीमा सरकारको कामलाई सकारात्मक ढंगले अघि बढाउने सहमति भएको भए पनि देउवासँग गएर सहमति गरेको प्रधानमन्त्रीले बैठकमा बताएका छन् ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘१७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो । बाहिर आएका समाचार झूटा हुन् । दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौँ भन्नुभयो । मैले केपी जी ३ जना बसौँ भन्दै हुनहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँट छल भयो ।’

काँग्रेस एमालेबीचको सहमति सार्वजनिक गर्नुपर्नेबारे पनि बैठकमा कुरो उठेको छ ।

संविधानको व्यवस्थाअनुसार विश्वासको मत फेस गर्ने त्यसका लागि सांसदहरूलाई ह्विप जारी गर्ने र पक्षमा मत दिन सबै दल र स्वतन्त्र सांसदलाई आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस