काठमाडौँ । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गर्ने विषय कुन उद्देश्यबाट आएको हो त्यसबारे स्पष्ट गर्न नेपाली काँग्रेस र नेकपा एमालेलाई आग्रह गरेका छन् ।
दुई दलीय सिस्टममा मुलुकलाई लैजाने गरी थ्रेसहोल्ड हटाउन लागेको भए त्यसले पार्ने प्रभाव ख्याल गर्न उनको आग्रह छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समानुपातिक र समावेशिता हटाउने कुरा आएको उल्लेख गर्दै यसमा असन्तुष्टि जनाए ।
संविधानको चार वटा पिल्लर भनेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता हो । अहिले समानुपातिक समावेशी हटाउने कुरा आएको छ । म ध्यानाकर्षण गराउन चाहन्छु, ‘संविधान संशोधन सर्वदलीय, सर्वपक्षीय सहमति कायम गरियोस् । अन्यथा मान्य हुँदैन ।’