काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झासमेत ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
मिथिला बिहारी नगरपालिका वडा नं ९ को श्री आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमको भुक्तानी दिँदा अनियमितता गरेको हारोपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका खरिदार उपेन्द्र यादव र मजदुर होजीयारी उद्योगका प्रोप्राइटर राम सुन्दर साह तेली विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

