उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित


१८ असार २०८१, मंगलबार


काठमाडौँ । उयरपुर सिमेन्टबाट पाउनु पर्ने सेवा सुविधा रोकिएपछि उद्योगका अवकाश प्राप्त कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

१५ असोज २०७८ सम्म अवकास पाएका कुल ६५ जना कर्मचारीको ३२ करोड ७५ लाख रुपैयाँ सेवा सुविधाबापतको रकम उद्योगले भुक्तानी नगरेको आन्दोलनरत कर्मचारीहरूले बताएका छन् ।

संघर्षरत कर्मचारीले १५ असारका दिन महाप्रबन्धकलाई पत्र लेख्दै १ महिनाको अल्टिमेटम दिएका छन् । सो अवधिभित्र समेत कर्मचारीले पाउनु पर्ने सेवा सुविधा भुक्तानी नभएका थप आन्दोलनको चेतावनी उनीहरूले दिएका छन् ।

उपदान, घर बिदा, उपचार खर्च, बीमालगायत सुविधा नियम अनुसार पाउनु पर्ने उनीहरूको माग छ । बहाल रहेको अवस्थामा मासिक तलबबाट कट्टा गरिएको तर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषमा पठाउन बाँकी रकम समेत प्राप्त नभएको उनीहरूको भनाइ छ ।

तर, हरेक दिन धरासायी बन्दै गएको सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कर्मचारीको सेवा सुविधाबापतको रकम दिन सकेको छैन । उद्योगमा अहिले २३५ जना कर्मचारी कार्यरत छन् । उद्योगको दैनिक उत्पादन र बिक्री दुवै घट्नु तथा यसको व्यवस्थापन सुधारमा सरकार गम्भीर नहुँदा कर्मचारी नै असुरक्षित महसुस गर्न थालेको कर्मचारहिरको भनाई छ ।

सेवा निवृत्त भएको तीन वर्ष नाघिसक्दा पनि पाउनु पर्ने रकम भुक्तानी नभएपछि आन्दोलनमा उत्रनु परेको पूर्वकर्मचारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस