२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरि ७९१ भन्सार एजेन्ट, ६७ ले गरेनन् इजाजतपत्र नवीकरण

अ+ अ-

काठमाडौँ । देशभरि ७९१ जना भन्सार एजेन्टले नियुक्ति लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आव २०७९-८० मा मात्र ६१८ जना भन्सार एजेन्ट नियुक्त भएको जानकारी दिए । यसअघि नेपालमा १७३ जना भन्सार एजेन्ट थिए ।

७९१ जना भन्सार एजेन्टमध्ये ६७ जनाले चालु आव २०८०-८१ को हालसम्म भन्सार एजेन्ट इजाजतपत्र नवीकरण नगरेको उनले जानकारी दिए । २५ जनाले भने निवेदन दिई आफ्नो भन्सार एजेन्ट इजाजतपत्र खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पुनका अनुसार अहिले देशभरि क्रियाशील भन्सार एजेन्टको संख्या ६९९ रहेको छ । अर्थमन्त्री पुनले संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो जानकारी गराएका हुन् ।

सांसदले भन्सार एजेन्टले भारतीयलाई सफ्टवेयर बेचेर भन्सारमा सामान घोषणा गराई कमिसन कुम्ल्याएको आरोप लगाउँदै यसमा कति सत्यता छ भन्दै सोधेका थिए ।

जवाफमा अर्थमन्त्री पुनले यसबारे भन्सार विभागमा कुनै सूचना तथा उजुरी नभएको स्पष्ट पारे ।

भन्सार एजेन्टलाई सम्बन्धित भन्सारमै बायोमेट्रिक हाजिरी गराउनु पर्ने र सामान घोषणाको कोटा प्रणाली लागु गर्नुपर्ने व्यवस्था नहुँदा दैनिक करोडौँ रुपैयाँ राजस्व चुहावट भइरहेको प्रश्न समेत सांसदले राखेका थिए ।

जवाफमा अर्थमन्त्री पुनले भन्सार कार्यालयहरूमा भन्सार एजेन्टहरुको लागि बायोमेट्रिक हाजिरी गराउने कानुनी व्यवस्था नरहेको बताए ।

भन्सार नियमावली, २०६४ मा भने भन्सार एजेन्ट इजाजत पत्रवालाले भन्सार कार्यालयमा आफैँ उपस्थित भई काम गर्नु पर्नेछ भन्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस