मदन भण्डारी राजनीतिका मार्गदर्शक : सभामुख घिमिरे « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मदन भण्डारी राजनीतिका मार्गदर्शक : सभामुख घिमिरे


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध आज(शुक्रबार) देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । 

स्वर्गीय मदनकुमार भण्डारीको सम्झनामा स्थापना गरिएको मदन भण्डारी मेमोरियल कलेजले समेत शुक्रबार २३औं स्थापना दिवस मनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेता भण्डारीका विचारहरूलाई शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने, समुन्नत राष्ट्र निर्माण गर्दै जनभावना परिवर्तन गर्ने महत्त्वपूर्ण क्षेत्रका रूपमा मदन भण्डारी मेमोरियल कलेजलाई लिइँदै आएको बताए । 

उनले नेता भण्डारीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका अहिले पनि मार्गदर्शनको रूपमा रहेको बताए । 

उनले भने, ‘राजनीतिमा खेल्नुभएको भूमिकाले आज पनि मार्गदर्शन गरिरहेको छ । त्यही मार्गदर्शनभित्र शिक्षा खाली शिक्षाका लागि मात्र होइन, शिक्षा समाजका लागि हो । शिक्षा उपयोगी हुनुपर्छ । शिक्षाले समाजलाई परिवर्तन गर्न सक्नुपर्छ । यही विचार बोकेर आउनुभएका नेता भण्डारीका विचारलाई शिक्षाको माध्यमबाट लागु गर्ने उद्देश्यले स्थापना भएको यस कलेजले विद्यार्थीहरूले गरिरहेका प्रगतिहरू उल्लेखनीय छन् ।’

समाज परिवर्तका लागि आफ्नो आफ्नो क्षेत्रमा सबैले भूमिका खेल्नुपर्ने सभामुख घिमिरेको भनाइ छ । 

वि.सं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । 

वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस