२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनसमूहद्वारा लघु उद्यम कार्यक्रम सञ्चालन

अ+ अ-

नेपालगन्ज । बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ स्थित जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, कृष्ण प्रणामी धार्मिक वन उपभोक्ता समूह, राप्तीसोनारी–८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूह, नरैनापुरको बावाबर्फानी धार्मिक वन उपभोक्ता समूहलगायत आठ वन समूहले लघु उद्यममार्फत आयआर्जन गरेका हुन् ।

सब डिभिजन वन कार्यालयका अधिकृत सुशील सुवेदीले भन्नुभयो, “आयआर्जनका लागि सामुदायिक वनमा उल्लेख्य नयाँ नयाँ अभ्यास भएका छन् । ,” वन उपभोक्ता समूहका उपभोक्ताले मेन्था खेती गरेर प्रशोधन गरी सुगन्धित तेलको बेचबिखन गरेर आम्दानी गरेको वन अधिकृत सुवेदीले बताए । उनले मेन्थाको खेतीबाट वन्यजन्तुले बाली खाने समस्याको समेत समाधान भएको उल्लेख गर्दै उपभोक्ताले दोहोरो फाइदा लिएको बताए ।

जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले विसं २०६८ देखि सुरु गरेको लघु उद्यममा सुरुमा रु. पाँच लाख लगानी गरेको थियो । अहिले ६० घरपरिवार सो उद्यमबाट लाभान्वित भएको बताइएको छ ।

जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले सामुदायिक वन उपभोक्ता समूहले लघु उद्यम गरेर आयआर्जनमा सघाउ पुगेको बताए । “हाम्रो उद्देश्य नाफा कमाउने होइन तर आयआर्जनमा टेवा पुगेको छ,” उनले भने । अध्यक्ष बुढाथोकीले अहिले १० कट्ठा जग्गा लिजमा लिएर मेन्था खेती गरिएको उल्लेख गर्दै अधिकांश उपभोक्ताको जग्गा नै नभएको गुनासो गरे।

भगवती सामुदायिक वन उपभोक्ता समूहले जडीबुटी प्रशोधन गरेर त्यसको तेल बेच्ने गरेको छ । बाबा बर्फानी धार्मिक वनले नरैनापुरमा मेसिनमार्फत दुना र टपरीको उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस