काँक्रेविहार (सुर्खेत) डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काइके गाउँपालिका-५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।
प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक विष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।







