१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख र उपप्रमुख निलम्बनमा परेपछि तीन पालिकाको बजेट अन्योलमा, वडाध्यक्षले पाए जिम्मेवारी

अ+ अ-

काठमाडौँ । प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि तीन वटा पालिकाको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ ।

ललितपुरको गोदावरी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकामा नेतृत्व नै नभएपछि नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको हो । भ्रष्टाचार मुद्दामा ती नगरपालिकाका प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि दुवै पद एकै पटक रिक्त भएका हुन् ।

भ्रष्टाचारको मुद्दा दायर भएपछि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमार मोक्तान र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुन निलम्बित छन् । प्रमुख र उपप्रमुख नै नभएपछि पालिकाको बजेट कसरी ल्याउने भन्ने अन्योल भएको हो ।

पहिले प्रमुख अथवा उपप्रमुख मात्रै निलम्बन हुँदा अर्का प्रमुख अथवा उपप्रमुखले जिम्मेवारी सम्हाल्ने गरेका थिए । तर, अहिले तीन वटा पालिकाका प्रमुख र उपप्रमुख दुवै निलम्बित छन् । पालिकाका प्रमुख तथा उपप्रमुख दुवै जना निलम्बित भएमा कार्यविभाजन कसरी गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था छैन । नेपालको संविधानले पनि पालिकाका प्रमुख र उपप्रमुख एकै पटक रिक्त हुने परिकल्पना गरेको छैन । कानूनी जटिलता भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेत अन्योलमा परेको छ । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको छ ।

‘कार्यपालिकाको बैठक गरेर सर्वसम्मत रूपमा प्रमुख र उपप्रमुखको भूमिका कसले गर्ने भन्ने विषयमा निर्णय गरेर अगाडि बढ्नु भन्ने हिसाबले मन्त्रालयले सहजिकरण गरेको छ,’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव काली प्रसाद पराजुलीले भने, ‘न्यायिक अधिकार प्रयोग गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयमा रायका लागि पठाएका छौँ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म स्थानीय तहका ८४ जना निर्वाचित र १६९ जना मनोनीत जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी
भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधि विहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ ।

नगरपालिकाले वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवलाई प्रमुख र वडा नं. ३ का वडाध्यक्ष रत्न कुमार चौधरीलाई उपप्रमुखमा चयन गरेको हो । जलेश्वर नगरपालिकाको बोर्ड सदस्यहरूको बैठकबाट बहुमतीय प्रणाली अनुसार प्रमुख र उपप्रमुख चयन भएको हो ।

अख्तियारले नगरप्रमुख साह र उपप्रमुख खातुन लगायत १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस