काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
प्रदेश सरकार विस्तारका विषयलाई लिएर माओवादी भित्र देखिएको विवादलाई लिएर दाहालले मंगलबार प्रदेश सभा सदस्यहरूसँग संघीय राजधानी काठमाडौँमा छलफल गरेका हुन् ।
उनले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिए । बैठकमा सहभागी एक सांसदअनुसार ‘प्रचण्ड’ले पार्टीको सुदूरपश्चिममा भइरहेको गतिविधिबारे चासो व्यक्त गर्दै समस्या हल गर्न भनेका छन् ।
भट्ट पार्टीको वरिष्ठ नेता पनि भएकाले उनलाई दल नेतामा पुर्नस्थापित गर्न सुझाव दिएको ती सांसदले बताए ।
सुदूरपश्चिममा गत १२ माघमा बहुमत प्रदेश सभा सदस्यले भट्टलाई दल नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए ।