१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानूनमन्त्री गिरी र चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङबीच शिष्टाचार भेट भएको हो । भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरे ।

उनले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा व्यक्त गरे ।

साथै चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए । नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानून तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरे ।

भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधीशले एक चीन नीति प्रतिको नेपालको प्रतिविद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस