२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिर्ता भएका केही राजदूतलाई फेरि मौका दिन गृहकार्य शुरु

अ+ अ-

काठमाडौँ । सरकारले राजनीतिक नियुक्तिअन्तर्गत नेपाली काँग्रेसलगायत केही दलको कोटाबाट बनेका राजदूत फिर्ता बोलाएपछि ती ठाउँमा नयाँलाई पठाउने गृहकार्य शुरु भएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका केही राजदूतलाई कार्यकाल नसकिँदै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि २०७८ असोजमा फिर्ता बोलाइएको थियो ।

संयोग मान्नुपर्छ त्यसबेला एमाले नेतृत्वको सरकारले पठाएका ११ राजदूत फिर्ता भएका थिए भने यस पटक उनीहरूलाई नै विस्थापित गरेर पठाएका ११ जनालाई फिर्ता बोलाइएको छ ।

राम्रो काम गर्दागर्दै राजनीतिक कारण कार्यकाल पूरा नभई फिर्ता गरिएका केही तत्कालीन राजदूतलाई नै मौका दिनेबारे एमाले नेतृत्व तहमा छलफल भएको छ । सबैलाई नभए पनि केहीलाई फेरि राजदूत बनाइने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

एमालेले सरकारमा मन्त्री पठाउँदा पनि ‘प्रचण्ड’ले अघिल्लो पटक गठबन्धन फेरेका कारण २ महिना मात्र मन्त्री बनेकाहरूलाई नै अहिलेको क्याबिनेटमा दोहोर्‍याएको छ । यही मापदण्ड राजदूतको हकमा पनि लागू हुनसक्ने नेताहरुले बताएका छन् ।

तत्कालीन गठबन्धन सरकारले अमेरिकाका डा. युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी, चीनका महेन्द्रबहादुर पाण्डे, भारतका नीलाम्बर आचार्यलाई फिर्ता बोलाएको थियो । त्यस्तै बङ्गलादेशका डा. वंशीधर मिश्र, कतारका नारद भारद्वाज, इजरायलका डा. अञ्जान शाक्य, मलेसियाका उदयराज पाण्डे, स्पेनका दावाफुटी शेर्पा, दक्षिण अफ्रिकाका डा. निर्मल विश्वकर्मा र ओमानका शर्मिला पराजुलीलाई फिर्ता बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस