काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन् ।
बैठक सम्पन्न गरेर साह असार ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।